राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का जाँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का जाँदै


२१ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज शनिवार श्रीलङ्का प्रस्थान गर्दैछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली टोली शनिवार बिहान श्रीलङ्का प्रस्थान गर्ने जनाएको छ । श्रीलङ्कामा नेपाली टोलीले श्रीलङ्काको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छ ।

नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । नेपाली टोली श्रीलङ्काबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छ ।

नेपालले सिरिजमा युएई र पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध खेल्नेछ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ ।

नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ । नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।

नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ । लिग टु अन्तर्गत ७ टिम सहभागी रहेका छन् । ओमानले २३ खेलबाट ३० अङ्क जोडेको तालिकाको शीर्ष स्थानमा रहेको छ ।

यता १२ खेल खेलेको स्कटल्यान्ड ९१६ अङ्क०, १६ खेल खेलेको अमेरिका ९१४०, १० खेल खेलेको युएई ९१२० तथा ९ खेल खेलेको नामिविया ९१०० दोस्रोदेखि पाँचौँ स्थानसम्म रहेका छन् ।

नेपाल भने ८ खेलबाट ८ अङ्क जोड्दै छैटौँ स्थानमा छ । पीएनजीले भने १२ मध्ये कुनै पनि खेलमा जित हात पारेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस