चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ


१९ फाल्गुन २०७८, बिहिबार


पक्राउ

काठमाडौँ । धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् । उनीहरुले पोखरा महानगरपालिका–२० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङको हत्या गरेका हुन् ।

उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटना भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले दुवै जनालाई पोखरा महानगरपालिका–१३ आर्वा बगरबोटबाट पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस