मतदाता नामावलीको त्रुटि सच्याउन फागुन २६ सम्‍मको समय « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मतदाता नामावलीको त्रुटि सच्याउन फागुन २६ सम्‍मको समय


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउन २६ फागुनसम्मको समय दिएको छ । आयोगले २० फागुनमा मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेवसाइटमार्फत सार्वजनिक गर्दैछ ।

नामावलीमा रहेका त्रुटि सच्याउन, झुटो विवरण दिई नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, एक भन्दा बढी स्थानमा नाम समावेश भएको भए एक ठउँको मात्र कायम गर्न र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन २६ फागुनसम्म निवेदन दिन सक्ने आयोगले बताएको छ ।

यदि कोही मतदाताको नामावलीमाथि उजुरी परे प्रमाणसहित सफाइको मौका पनि दिइने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस