देउवाबिना नै सानेपामा काँग्रेस पदाधिकारी बैठक जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवाबिना नै सानेपामा काँग्रेस पदाधिकारी बैठक जारी


१९ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्थाको विधान टुंग्याउनको लागि काँग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ ।

तर पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् । पदाधिकारीको बैठकले हालसम्म दलित संघको विधान टुंग्याएको छ ।

बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको छ ।

बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस