देशभित्र प्रतिव्यक्ति दिनमा २५ हजारसम्म मात्र पठाउन पाइने ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देशभित्र प्रतिव्यक्ति दिनमा २५ हजारसम्म मात्र पठाउन पाइने !


१८ फाल्गुन २०७८, बुधबार


बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आन्तरिक विप्रेषण(रेमिट्यान्सको) सीमा घटाउँदै एक लाखबाट २५ हजारमा झारेको छ । केन्द्रीय बैङ्कले आज बुधवारदेखि नै लागू हुने गरी रकम स्थानान्तरणको सीमा घटाएको हो।

विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’ हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै गर्न पाउने व्यवस्था राष्ट्र बैङ्कले गरेको हो। यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा एक लाख रुपैयाँसम्म थियो।

केन्द्रीय बैङ्कले विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन नगरिएको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस