एमालेले आफूविरुद्ध भ्रामक आरोप लगाएकोमा सभामुख सापकोटाको आपत्ति « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एमालेले आफूविरुद्ध भ्रामक आरोप लगाएकोमा सभामुख सापकोटाको आपत्ति


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध भ्रामक आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार एमाले अध्यक्ष ओलीले सभामुखले कुनै समय एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिएको भनी टिप्पणी गरेका थिए ।

उनले एमसीसी सम्झौता टेबुल गर्ने विषयलाई लिएर सभामुखले पदीय कर्तव्यको पालना भन्दा दल विशेषको आज्ञापालन गरेको पनि आरोप लगाएका थिए ।

ओलीको वक्तव्य आएको भोलिपल्ट सभामुखको सचिवालयले प्रेस नोट जारी गर्दै सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई गलत भाष्य बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

प्रेस नोटमा भनिएको छ, ‘लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनुभएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ ।’ एमालेले सभामुखले बोलेको भनी प्रचार गरेको विषयको पुष्टि गर्न पनि न्यौपानेले चुनौती दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस