प्रतिनिधिसभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रतिनिधिसभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ।

बुधबार आज बैठक सुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले विरोध गरेका थिए। एमाले सांसदको विरोधबीच नै सभामुखले बैठक अघि बढाएका थिए।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची थियो।

प्रधानमन्त्रीका तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले उक्त प्रतिवेदन पेश गरेपछि सभामुखले फागुन २२ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्।

अब फागुन २२ गते आइतबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस