सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउँछौ : गोकुल बास्कोटा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउँछौ : गोकुल बास्कोटा


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुखविरुद्ध एमालेले महाअभियोगको प्रस्ताव ल्याउन सक्ने बताएका छन्। एमालेलाई परास्त गर्ने भूमिका खेलिरहेको भन्दै सभामुख अग्नि सापकोटाविरुद्ध अनुकूलतामा उक्त प्रस्ताव ल्याउने उनले बताए ।

बुधवार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सभामुख पक्षपाती भए । सभामुख कुनै पार्टीको हैन र त्यो पद संसद्को सबैभन्दा माथिल्लो हो।’ नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन पुगेका उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरोध गर्न सम्म गरे।

उनले भने, ‘प्रचण्ड जी खोलैखोला जान लाग्नुभएछ । एमसीसीका विरुद्धमा पहाड सिर्जना गर्ने पनि प्रचण्ड नै हुन् । एमसीसीका बारेमा उहाँले एउटा पहाड सिर्जना गर्न खोज्नुभयो।’ पूर्व मन्त्री समेत रहेका नेता बास्कोटाले एमसीसी परियोजना त्यति गिजोल्नुपर्ने नभएको भन्दै एमालेको बचाउ समेत रेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस