रेखा थापासहित राप्रपामा १४ जना केन्द्रीय सदस्य मनोनीत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रेखा थापासहित राप्रपामा १४ जना केन्द्रीय सदस्य मनोनीत


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी काठमाडौँकी रेखा थापा पनि केन्द्रीय सदस्य मनोनीत भएकी छन्।

यस्तै इलामकी लीलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मिना झा, सुर्खेतकी सन्तोषी शाही ठकुरी, रुपन्देहीकी स्वाती थापा पनि केन्द्रीय सदस्य मनोनीत भएका छन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार कपिलवस्तुकी पुष्पा रजौरिया, काठमाडौँकी लक्ष्मी तुण्डकार, उदयपुरकी समृद्धि राणा, चितवनकी मिना न्यौपाने, धादिङकी शान्ति माया गुरुङ, सप्तरीकी जयाकुमारी महतो र काठमाडौँकी सावित्री थापा पनि केन्द्रीय सदस्य मनोनीत भएका छन्।

राप्रपाको आज पदाधिकारी तथा केन्द्रीय समिति बैठक पनि छ। स्थानीय चुनाव तयारीलगायत विभिन्न समसामयिक विषयमाथि छलफल गर्न राप्रपाले केन्द्रीय समिति बैठक राखेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस