उत्तर पुस्तिकामा चिट स्टिच गर्ने पाँच जनालाई एक वर्षका लागि प्रतिबन्ध  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उत्तर पुस्तिकामा चिट स्टिच गर्ने पाँच जनालाई एक वर्षका लागि प्रतिबन्ध 


१८ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । सशस्त्र प्रहरी बल जवानको परीक्षामा अनियमित कार्य गरेको आरोपमा लोकसेवा आयोगले पाँच परीक्षार्थीलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ ।

उत्तर पुस्तिकामा आफ्नो विवरण केरमेट गरेर अर्को परीक्षार्थीको विवरण राख्ने तथा चिट चोरी गरेको पाइएपछि लोकसेवाले ती पाँच परीक्षार्थीको लिखित परीक्षा रद्द गरेको हो । साथै आगामी एक वर्षसम्म आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन नदिने निर्णय आयोगले गरेको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिकाका प्रकाश श्रेष्ठले उत्तर पुस्तिकामा आफ्नो विवरण केरमेट गरी अर्को परीक्षार्थीको विवरण लखेको पाइएको आयोगले जनाएको छ ।

त्यस्तै, सर्लाहीका रवी रञ्जनले चिट चोरेको पाइएको छ भने जाजरकोटका जयबहादुर बुढाले सिंगै पाना चिट मूल उत्तर पुस्तिकामा स्टिच गर्न खोजेका थिए ।

सुर्खेतका भूपेन्द्र वलीले सुरुमा आफ्नो विवरण लेखेर परीक्षा दिएका थिए । तर, उत्तरपुस्तिका बुझाउँदा केरमेट गरेर गणेश वलीको नाम लेखेको पाइएको छ । सोही ठाउँका गणेश वलीले भने उत्तर पुस्तिका केरमेट गरेर भूपेन्द्र वलीको नाम लेखेर उत्तर पुस्तिका बुझाएको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस