होटेलभित्र महिलाको शव, हत्याको आशङ्का « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

होटेलभित्र महिलाको शव, हत्याको आशङ्का


१७ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । सुनसरीको धरानमा रहेको एक होटेलभित्र महिलाको शव फेला परेको छ ।

धरान उपमहानगरपालिका–१८ बुद्धचोकमा रहेको न्यु कान्तिपुर होटेल एन्ड गेस्ट हाउसको कोठामा अन्दाजी ३०–३५ वर्षीय महिलाको शव फेला परेको हो ।

प्रहरीका अनुसार महिला दुई दिनयता होटेलमा बसेकी थिइन् । आज (मङ्गलवार) कोठा सफा गर्न पुगेका होटेलका कर्मचारीले मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । महिलासँगै होटेलमा बसेका पुरुष भने फरार छन् ।

महिलाको शरीरमा चोट पटक रहेको र सँगै रहेका पुरुष फरार रहेका कारण प्रहरीले हत्या भएको हुनसक्ने बताएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले घटनाको अनुसन्धान भइरहेको जनाए ।

महिलाको सनाखत भएको छैन । तर उनी बसेको कोठामा सुमित्रा तामाङ लेखिएको आइडी कार्ड फेला परेको छ । आइडी कार्डका आधारमा सनाखतका लागि प्रहरीले महिलाको आफन्तलाई बोलाएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाका अनुसार सँगै बसेका पुरुष होटेललाई जानकारी नै नदिई फरार भएका थिए । महिलाको अनुहारमा पनि चोटपटक रहेका कारण घटना शङ्कास्पद रहेको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस