‘मानव अधिकारमा प्रदेश सरकार प्रतिबद्ध छ’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘मानव अधिकारमा प्रदेश सरकार प्रतिबद्ध छ’


१६ फाल्गुन २०७८, सोमबार


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मानव अधिकारको हकमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँले आज धनगढीमा आयोजना गरेको मानवअधिकारसम्वन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन, विश्वव्यापी आवधिक पुनरालोकनबाट प्राप्त सिफारिस कार्यान्वयन कार्ययोजना तथा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी चौथो आवधिक प्रतिवेदनको मस्यौदा उपर छलफल तथा अन्तरक्रियामा उनले प्रदेश सरकारले गर्नुपर्ने कामतथा जिम्मेवारीमा आएको कुरा र संविधान तह दिएको अधिकारलाई प्रयोग गरेर मानव अधिकारको हकमा प्रतिबद्ध रहेको बताए ।

मानव अधिकारसम्बन्धी कयौँ विषयहरू व्यवस्थित रूपबाट चलाउन तथा लागू गर्न खोज्दाखोज्दै पनि समस्या सिर्जना भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस