२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी आक्रमणको विरोधमा शान्ति समाजको प्रदर्शन

अ+ अ-

काठमाडौँ । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित प्रदर्शन गरिएको छ ।

मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको आयोजनामा आज बौद्धमा प्रदर्शन गरिएको हो । बौद्धनाथ चैत्यअघि सम्पन्न प्रदर्शनमा शान्तिवादीहरूले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए । हातमा मैनवत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरिएको छ ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, अपिल समिति संयोजक बलबहादुर गाहामगर, केन्द्रीय सदस्यहरू चन्द्रमणि बञ्जारा, किरण ढकाल र उमा गौतम र पूर्व कोषाध्यक्ष बटुकृष्ण ढुङ्गेल उपस्थिती थियो ।

त्यस्तै काठमाडौँ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश अर्याल, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष मनोज ढुङ्गानालगायत शान्तिवादी अभियानकर्मीको सहभागिता रहेको शाखाका कार्यवाहक सभापति भगवान् पुडासैनीले जानकारी दिए ।

रुसी आक्रमणको विरोध र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै समाजको मोरङ शाखाद्वारा फागुन १३ गते विराटनगरमा र दाङ शाखाद्वारा फागुन १५ गते तुलसीपुरमा पनि प्रदर्शन गरिएको थियो ।

गत दुई सातामा युद्ध निषेध शान्ति विशेष अभियानअन्तर्गत शान्ति समाजले नेपालमा १० वटा प्रदर्शन गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस