रुससँग भएको वार्तामा युक्रेनका दुई माग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रुससँग भएको वार्तामा युक्रेनका दुई माग


१६ फाल्गुन २०७८, सोमबार


कीभ । युद्धरत युक्रेन र रुसबीच सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ ।

बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नु पर्ने शर्त राखेको हो ।

युक्रेनले दुई शर्त राखेपछि वार्ताले सकारात्मक मोड लिने संभावना कम रहेको अधिकारीहरुले जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफुलाई विश्वास नभएको बताएका थिए ।

उनले विश्वास नभएपनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिएका थिए । रुसले युक्रेनमाथी आक्रमण गरेको पाँचौ दिनमा वार्ता भएको हो । वार्ता युक्रेनसँगको सीमाक्षेत्रमा पर्ने बेलारुसको एक ठाउँमा भएको हो ।

रुसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्विकार गरेपछि रुसले आक्रमण अझ बढाएको थियो । रुसी सेनाले युक्रेनमा अहिले पनि आक्रमण जारी राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस