२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेची अस्पताललाई २०० शय्यामा स्तर वृद्धि गरिने

अ+ अ-

काठमाडौँ । प्रदेश नम्बर १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति परिपूर्ति हुने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेशका स्वास्थ्य संस्थामा ५० प्रतिशत दरबन्दी खाली रहेकोले पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाइने बताए ।

उनले सो अवसरमा स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न १०० दिने कार्यक्रम सार्वजनिक समेत गरे । सार्वजनिक गरिएका कार्यक्रमको प्राथमिकतामा प्रादेशिक स्वास्थ्य नीतिको खाका तयार गर्ने, पशुबाट मानिसमा सर्ने रोगको नियन्त्रणका लागि रणनीति तयार गर्ने, स्वास्थ्य बिमा बोर्डको प्रदेश कार्यविधि तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेस गर्ने, मेची अस्पताललाई २०० शय्यामा स्तर वृद्धि गर्न आवश्यक तयारी स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेस गर्ने लगायत छन् ।

यसै गरी प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्ने, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा आफ्नै भवनबाट सुरु गर्ने, स्थानीय स्वास्थ्य संस्थाको सुदृढीकरणको कार्यक्रम कार्यान्वयन गर्ने, मेची अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी, इनरुवा, अस्पताल र गाईघाट अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा तथा प्रेषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्ने छन् ।

यसै गरी प्रदेशभरिका स्वास्थ्यकर्मीका रिक्त पदको विवरण सङ्कलन गरी लोकसेवामा पठाउने, कोभिड–१९ उपचार केन्द्रको दीर्घकालीन कार्य योजना तयार गर्ने, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको लागि जग्गाको व्यवस्था गर्ने लगायतका कार्यक्रमहरू उनको प्राथमिकतामा परेका छन् ।

उनले अस्पतालमा उपचारार्थ आउने बिरामीलाई ठगी हुने कार्यलाई रोकथामका लागि मन्त्रालयमा एक समिति गठन गरी विशेष अभियान सञ्चालन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस