एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । एमसीसीबारे निर्णय लिन नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बानेश्वरमा सुरु भएको छ ।
अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट फर्किएपछि स्थायी कमिटी बैठक सुरु भएको हो ।

नेता नेपाल भने पार्टीको बैठकबाट निर्णय लिन बाँकी रहेको भन्दै समय मागेका थिए । तर सत्ता गठबन्धनले अब पर्खिन नसक्ने भन्दै एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस