३ महिनापछि आज प्रदेश १ को संसद् बैठक बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

३ महिनापछि आज प्रदेश १ को संसद् बैठक बस्दै


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित भएको प्रदेश सभा बैठक (आज) आईतवार बस्दै छ ।

राईले गत मंसिर १ गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि अनिश्चितकाका लागि स्थगित भएको संसद्को नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।

बैठकअघि ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेश १ प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

बैठकको सम्भावित कार्यसूची प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ माथिको छलफल रहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस