देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल हुँदै


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच छलफल हुन लागेको हो ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनका यी तीन दलबीच विवाद छ । काँग्रेस जसरी पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा छ भने माओवादी र नेकपा एस संशोधनविना पारित हुन नहुने पक्षमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस