गठबन्धन नटुट्ने प्रचण्डको दाबी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गठबन्धन नटुट्ने प्रचण्डको दाबी


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन् ।

सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताएका हुन् ।

शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढ्ने संक्षिप्त प्रतिक्रिया समेत दिए ।

अध्यक्ष दाहालले भने, ‘हामी छलफल गरिराखेका छौँ । समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । सहमतिको बाटोबाटै अघि बढ्छ ।’ अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन टुटाउन विभिन्न प्रयास भइरहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस