२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रधानसेनापति खुला म्याराथनमा’ सेनाका धावक बस्नेत प्रथम

अ+ अ-

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितामा तीव्र गतिका धावकको सूचीमा नेपाली सेनाका कृष्णबहादुर बस्नेतले नाम लेखाउन सफल भएका छन् ।

सेना दिवसका अवसरमा आज आयोजित ४२.१९५ किमी दूरीको म्याराथन दुई घण्टा १९ मिनेट ५७ सेकेन्डमा पूरा गरी प्रथम घोषित भए । प्रथम भएबापत बस्नेतले तीन लाख नगद र मोटरसाइकल पुरस्कारका साथै अमेरिकामा हुने वर्ल्ड च्याम्पियनसिपमा भाग लिने अवसरसमेत प्राप्त गरेका छन् ।

प्रतियोगितामा सेनाकै खड्गबहादुर खड्का दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका किरणसिंह बोगटी तेस्रो भए । उनीहरुलाई क्रमशः रु दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगिता अन्तर्गत पुरुष हाफ म्याराथन प्रतियोगितामा जगेन्द्र राई प्रथम, दिपक अधिकारी द्वितीय र तीर्थकुमार पुन तृतीय भए ।

उनीहरुलाई क्रमशः ७५, ५० र ३५ हजार नगद पुरस्कार प्रदान गरियो । यसैगरी महिलातर्फको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ प्रथम, राजपुरा पछाई द्वितीय र विश्वरुपा बुढा तृतीय भए । प्रतियोगितामा प्रथम हुने श्रेष्ठलाई ७५ हजार नगद र स्कुटी प्रदान गरियो ।

विजयी प्रतियोगीलाई प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मी लगायतले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका थिए ।

सैनिक मुख्यालय जङ्गी अड्डा परिसरको खेल मैदानमा यसअघि म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिताको प्रधानसेनापति शर्माले उद्घाटन गरेका हुन् ।

सैनिक सहचारी महिला–पुरुषको १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दा माथिका रथीबृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथनका विजयी प्रतियोगिलाई पनि नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस