रुसद्वारा मेलितोपोल शहर कब्जा गरेको दाबी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रुसद्वारा मेलितोपोल शहर कब्जा गरेको दाबी


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । रुसले युक्रेनको दक्षिणमा रहेको मेलितोपोल शहरमाथि कब्जा गरेको दाबी गरेको छ । समाचार एजेन्सी इन्टरफ्याक्स र स्पुतनिकले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सो समाचार प्रकाशन गरेको हो ।

युक्रेनको दक्षणी प्रान्त जपोरिज्यामा स्थित शहर मेलितोपोल देशको मुख्य बन्दरगाह मारियोपोल नजिक रहेको छ । यता, युक्रेनको राजधानी किभको दक्षिण पश्चिममा शनिबार बिहान दुईवटा मिसाइल हमला गरिएको खबर छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त मिसाइलले केलाई निशाना बनाएको हालसम्म खुलेको छैन । किभको स्थानीय सरकार अनुसार एक मिसाइल सर्वसाधारण बस्ने भवनमा खसेको थियो । अर्को मिसाइल राजधानीको विमानस्थल नजिक खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस