‘युद्ध रोकिएको छैन, जारी छ’ : प्रचण्ड « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

 ‘युद्ध रोकिएको छैन, जारी छ’ : प्रचण्ड


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफूहरु रक्तपातहीन युद्धमा रहेको बताएका छन् ।

जनयुद्धको प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘युद्ध रोकिएको छैन । युद्ध जारी छ ।’

बदलिंदो राजनीतिक परिस्थितिमा पछि हटेको जस्तो देखिएको बताउँदै उनले भने, ‘युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै हो । युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो । राजनीति भनेको रक्तपातहीन युद्ध हो । अहिले हामी रक्तपातहीन युद्धमा छौं । युद्ध सकिएको छैन । युद्ध रोकिएको छैन । खालि हामी हिंसामा छैनौं । बन्दुक लिएका छैनौं हामीले । युद्ध त जारी छ ।’

कार्यक्रममा प्रचण्डले जनयुद्धका प्रथम शहीद रम्तेलको स्मृतिमा पार्टीले निश्चित रकम राखेर अक्षय कोष बनाउने घोषणा समेत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस