सत्ता हातमा लिएर वार्ता गर्न युक्रेनी सेनालाई रुसी राष्ट्रपति पुटिनको आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सत्ता हातमा लिएर वार्ता गर्न युक्रेनी सेनालाई रुसी राष्ट्रपति पुटिनको आग्रह


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौँ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिकलाई युक्रेनको सत्ता हातमा लिन आग्रह गरेका छन् । शुक्रवार पुटिनले रुसको सुरक्षा परिषद्को बैठकबाट यस्तो आग्रह गरेको रुसको सरकारी मिडिया आरटीले जानकारी दिएको छ ।

युक्रेनको राजधानी केइभमा नजिकै पुगिसकेको रुसी फौजतर्फ सङ्केत गर्दै पुटिनले युक्रेनी सैनिकलाई आग्रह गर्दै भनेका छन्, ‘सत्ता हातमा लिनुस् । केही लागुऔषध अम्बली र नवनाजीहरू भन्दा तपाईसँग समन्वय हुन सजिलो हुन्छ ।’

शुक्रवार युक्रेनले रुससँग वार्ताको आग्रह गरेपछि पुटिनको यस्तो कुरा आएको हो । वार्ता नकारि नसकेको रुसले वार्ताको क्षेत्र बेलारुसको मिन्क्समा हुनुपर्ने प्रस्ताव गरेको थियो भने युक्रेनले भने पोल्यान्डको वार्तामा हुनुपर्ने प्रस्ताव राखेको थियो ।

रुसले युक्रेनको प्रस्ताव अस्वीकार गरेको थियो । वार्तामा रुसले युक्रेन तटस्थ देश हुनुपर्ने र सैन्य करण अन्त्य हुनुपनर्पे जस्ता कडा सर्तहरु तेर्साएको छ ।

युक्रेनमा सैनिक सत्ता वा आफ्नो सत्ता पुटिनले चाहेको जानकारी बेलायती खुफिया एजेन्सीले गत माघ ९ गते नै सार्वजनिक गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस