सत्ता र कुर्सीका लागि एमसीसी पास गर्न खोजिँदै छ : नेता रावल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सत्ता र कुर्सीका लागि एमसीसी पास गर्न खोजिँदै छ : नेता रावल


१३ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सत्ता र कुर्सीका लागि एमसीसी पास गर्ने प्रयास भइरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एमसीसी पास गर्ने खेल रोक्नका लागि सजग रहनुपर्ने पनि बताएका छन् ।

‘सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता, हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिँदै छ। यस्तो खेल खेल्नेहरू नेपालको स्वाधीनता र हित विरोधी एमसीसीका प्रावधानप्रति आँखा चिम्लेर सिद्धान्त,नीति र नैतिकताहीन राजनीतिको पासोमा देश फसाउने कुकृत्य गर्दै छन् । सजग रहौँ !’ नेता रावलले लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस