यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी हुँदैन : शङ्कर पोखरेल « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी हुँदैन : शङ्कर पोखरेल


१३ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी नहुने बताएका छन् ।

स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसीसहितका विषयमा धारणा बनाउने बताएका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिका निभाएको भन्दै महासचिव पोखरेलले सभामुखले गल्ती सच्याउनु पर्ने वा राजीनामा दिएर मार्ग प्रशस्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने प्रस्ट्याए ।

‘एमाले विभाजन गर्ने गरी सभामुखले दोहोरो भूमिका निभाउनुभयो,’ उनले भने, ‘सभामुखले गल्ती सच्याउनुपर्‍यो वा मार्ग प्रशस्त गर्नुपर्‍यो । अनि मात्र एमाले संसदीय प्रक्रियामा सहभागी हुन्छ ।’

सभामुखबाट निकास ननिस्किए सत्तारुढ गठबन्धन वा सरकारले आफूहरूको माग पूरा गर्नुपर्ने महासचिव पोखरेलको माग छ । आफूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको विरोधमा एमालेले लगातार संसद् अवरुद्ध गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस