युक्रेनमा बिहानैदेखि लगातार विस्फोट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

युक्रेनमा बिहानैदेखि लगातार विस्फोट


१३ फाल्गुन २०७८, शुक्रबार



काठमाडौँ । युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सीएनएनका अनुसार राजधानी किभमा शुक्रवार बिहानै थुप्रै विस्फोटहरू भएका छन् । बिहानै लगातार विस्फोट भएको सीएनएनले उल्लेख गरेको छ।

युक्रेनका सरकारी अधिकारीहरूका अनुसार आज मात्रै दुई ठुला विस्फोट भएका छन् । त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको हुनसक्ने उनीहरूको दाबी छ ।

युक्रेनमा बिहीबार मात्रै विस्फोट गराएर रुसले सैनिक कारबाहीको घोषणा गरेको थियो । त्यहाँका डोनेट्स्क र लुहान्सक दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्य घोषणा गरिसकेको छ ।

यस्तै, बिबिसीका अनुसार राजधानी किभमा शुक्रवार एउटा रुसी विमान खसालिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । सेभेन ए कोशिट्सिआ स्ट्रिटमा एउटा घरनजिक जेट खसेको युक्रेनी अधिकारी एन्टोन हेराश्चेन्कोले बताए।
किभनजिक पर्ने ब्रो भेरी नगरस्थित एउटा सैनिक अखडामाथि रुसले क्रुज क्षेप्यास्त्र प्रहार गर्दा ६ जनाको मृत्यु समेत भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस