२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० लाखले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’

अ+ अ-

काठमाडौँ । कोभिड–१९ विरुद्धको खोेप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार आजसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ३८ हजार १५१ पहिलो मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ७२ लाख ३५ हजार ९३८ ले पूर्णमात्रा खोप लगाएका छन् ।

हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा कूल सात हजार ७४३ नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा नौ लाख ५४ हजार ९०३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

आज ५६२ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ६७८ छ । सक्रिय सङ्क्रमितमध्ये नौ हजार ४०६ होम आइसोलेसन, २७२ संस्थागत आइसोलेसन, ९३ आइसियू र १७ जना भेन्टिलेटरमा छन् ।

आज कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ९३१ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । यस्तै मोरङ, झापा, सुनसरी, धनुषा, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र कैलालीमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया दिनुहोस