नेपाल कम्युनिष्ट पार्टीले झुण्ड्यायो कानुनमन्त्री बडुको घरमा कालो झण्डा र ब्‍यानर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल कम्युनिष्ट पार्टीले झुण्ड्यायो कानुनमन्त्री बडुको घरमा कालो झण्डा र ब्‍यानर


१२ फाल्गुन २०७८, बिहिबार


धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको घरमा कालो झण्डासहित ब्यानर झुण्ड्याएको छ ।

नेकपा विप्लवले ‘राष्ट्रघाती’ एमसीसी खारेज गर्न माग गर्दै बिहीवार महाकाली नगरपालिका–५ नमस्कारस्थित मन्त्री बडुको घरमा कालो झण्डा र ब्यानर झुण्ड्याएको हो ।

मन्त्री बडुले ‘राष्ट्रघाती’ एमसीसी पारित गराउन सहयोग गरेका कारण विरोध स्वरुप उनको घरमा कालो झण्डा र ब्यानर लगाएको बताइएको छ ।

मन्त्रीलाई दलालको संज्ञा दिइएको उक्त ब्यानरमा ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, देश बेच्न पाइदैन, दलाल सरकार चाँहिदैन’ लगायतका नारा पनि लेखिएको छ ।

जिल्ला सदरमुकाम खलङ्गादेखि करिब दुई किलोमिटरको दूरीमा रहेको मन्त्री बडुको उक्त घरमा कोही पनि बस्दैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस