२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करको दायरा बढाएपछि ३८ प्रतिशत बढी राजस्व सङ्कलन

अ+ अ-

पर्सा । वीरगञ्ज महानगरपालिकाले करको दर नभएर दायरा बढाएपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको नकारात्मक प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरपालिकाले कर छुटको नीति ल्याएपछि राजस्व सङ्कलनमा सकारात्मक प्रभाव देखिएको हो ।

महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु ३५ करोड ३३ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.२६ प्रतिशत बढी हो । गत आर्तिक वर्षको पहिलो सात महिनामा महानगरपालिकाले २५ करोड ५५ लाख ८३ हजार राजस्व सङ्कलन गरेको थियो ।

महानगरपालिकाको नवौं नगरसभाबाट उद्योग, व्यापार, अस्पताल तथा सामाजिक कार्यमा संलग्न सङ्घ संस्थलाई सम्पत्ति करमा छुट दिने निर्णय गरेपछि यसमा पाँच प्रतिशत र घरबहाल कर शीर्षकमा १३ प्रतिशत बढी राजस्व सङ्कलन भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डले जानकारी दिए ।

उनका अनुसार सो अवधिमा सम्पत्ति कर शीर्षकमा १० करोड ५० लाख ९३ हजार र घर बहाल कर शीर्षकमा चार करोड १४ लाख राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा सम्पत्ति कर शीर्षकमा १० करोड २१ हजार तथा घर बहाल कर शीर्षकमा तीन करोड ६८ लाख राजस्व सङ्कलन भएको थियो ।

कोरोना सङ्क्रमणका कारण विभिन्न बाधा अड्चन खेप्दै आएका नगरवासीलाई चैत मसान्तसम्म सम्पत्ति कर र व्यवसाय कर बुझाए पाँच प्रतिशत छुट दिनेजस्ता आर्कषक योजनाले महागरपालिकाको कर सङ्कलनमा सकारात्मक प्रभाव परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस