प्रतिनिधिसभाको बैठक स्थगित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रतिनिधिसभाको बैठक स्थगित


१२ फाल्गुन २०७८, बिहिबार


sanghiya sansad

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको थियो ।

संसद् भवन नयाँ बानेश्वरमा आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसी सम्झौतालाई अगाडि बढाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरी स्थगित गरिएको हो ।

आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार भोलिका लागि सारिएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस