पसलमा आगलागी हुँदा लाखौँको क्षति « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

पसलमा आगलागी हुँदा लाखौँको क्षति


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ को पर्सेनीको एक पसलमा आज (बिहीबार) बिहान आगलागी हुँदा लाखौँ मूल्यका सामान जलेर नष्ट भएका छन् ।

बिहान करिब ३ः३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए ।

आगलागीको खबर पाए लगत्तै सुरक्षाकर्मी, स्थानीयवासी घटनास्थलमा पुगेपछि अन्य घरमा थप क्षति हुनबाट जोगिएका छन् ।

उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको बताइएको छ । क्षतिको यकीन विवरण आउन नसकेको भए पनि प्रारम्भिक अनुमानअनुसार १८ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको पीडितले बताएको प्रहरीले जनाएको छ ।

पसलकै घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस