युक्रेनमा आपत्काल घोषणा, नागरिकलाई रुसबाट फर्कन आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

युक्रेनमा आपत्काल घोषणा, नागरिकलाई रुसबाट फर्कन आग्रह


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । युक्रेनमा आपत्काल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबिच आपत्काल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरूलाई रुसबाट फर्किन अनुरोध गरेको थियो ।

एक महिना लामो आपत्कालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अपनाउनेछ भने आवश्यक परेको अवस्थामा कफ्र्यू लागू गर्न सक्नेछ । पूर्वी युक्रेनमा विखण्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपत्काल घोषणा गरेको हो ।

विखण्डनकारी क्षेत्रका नेताहरूले आफूसँग सहयोग मागेको रुसले दाबी गर्दै आएको छ ।

रुसी सेना पूर्वी युक्रेन शान्ति मिसनमा खटिनले मस्कोको भनाइ छ । तर, युक्रेनलगायत पश्चिमेली देशहरूले यसलाई मस्कोको अतिक्रमणको बहाना बताउँदै आएका छन् ।

रुसी कदमलाई लिएर पश्चिमेली मुलुकहरूले विभिन्न प्रतिबन्ध लगाएका छन् । रुसी कदमको राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस