करेन्ट लागेर एक जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

करेन्ट लागेर एक जनाको मृत्यु


१२ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ  ।

स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो । 

करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।  

Tags :
प्रतिक्रिया दिनुहोस