बुटवलमा दालमोठ फ्याक्ट्रिमा आगलागी, ४८ लाख बराबरको क्षति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बुटवलमा दालमोठ फ्याक्ट्रिमा आगलागी, ४८ लाख बराबरको क्षति


११ फाल्गुन २०७८, बुधबार


रुपन्देही । दालमोठ फ्याक्ट्रिमा आगलागी हुँदा ४८ लाख बराबरको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–११ मैनाबगरस्थित एक दालमोठ फ्याक्ट्रिमा आज बिहान आगलागि भएको हो ।

पशुपति बानियाँको दालमोठ फ्याक्ट्रिमा आगलागी हुँदा भवन, १५ थान मेसिन, दालमोठ र कच्चा पदार्थलगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिई प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस