पलविरुद्ध जबरजस्ती करणीसम्बन्धी किटानी जाहेरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पलविरुद्ध जबरजस्ती करणीसम्बन्धी किटानी जाहेरी


११ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नायक पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ ।

एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ ।

गायिका नाबालिका हुन् । कानुनतः १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ ।

*यसअघि यही लिंकमा असावधानीपूर्वक प्रकाशित सामग्रीलाई पुनः सम्पादन गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस