न्याय परिषदको बैठक बाेलाइयाे « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

न्याय परिषदको बैठक बाेलाइयाे


११ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषदको बैठक बोलाएका छन् ।

कार्कीले सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि पहिलोपटक परिषदको बैठक बोलाएका हुन् ।

परिषदमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीशको रुपमा मीरा खड्का र दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी हुनेछन् ।

बुधबारको बैठकले विशेष अदालतमा रिक्त अध्यक्ष र सदस्य पदमा न्यायाधीश सिफारिस गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस