थप ५ सहसचिवको सरुवा, शिक्षाका रामचरित्रलाई उपमहानगरको जिम्मा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप ५ सहसचिवको सरुवा, शिक्षाका रामचरित्रलाई उपमहानगरको जिम्मा


११ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । सरकारले थप ५ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलवार विभिन्न मन्त्रालय तथा सामान्यकै अतिरिक्त समुहमा रहेका सहसचिवहरूको सरुवा गरेका हुन् ।

सिंहदरवार विशेष स्रोतले प्रशासनलाई दिएको जानकारी अनुशार संघीय मामिला तथा सामान्य प्रशासन मान्त्रालयको अतिरिक्तमा रहेका तीन सहसचिवमध्ये दुई सहसचिवलाई गृह मन्त्रालयले भित्र्याएको छ भने एक जनालाई मातहतकै निकायको उपमहानिर्देशक बनाई पठाईएको छ र शिक्षाका एकलाई एक उपमहानगर जिम्मा लाईएको छ। त्यस्तै एक सहसचिवलाई अतिरिक्तमा थपेको छ ।

प्राप्त जानकारी अनुशार अतिरिक्तका सहसचिवद्वय बासुदेव घिमिरे र सुर्य प्रसाद सेढाईलाई गृह पठाईको हो भने दिपक घिमिरेलाई राष्ट्रिय किताबखाना(निजामती) खटाईएको हो ।

यस्तै शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयका सहसचिव रामचरित्र मेहतालाई इटहरी उपमहानगरपलिका सुनसरीको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाइएको छ । यसका लागी उनको दौडधुप र भनसुन साच्चिकै हेर्न लाएक नै थियो भने मन्त्रीको चाह त्यो भन्दा बढी देख्न लायक थियो ।

यस्तै महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा अन्तर्गतका सहसचिव उमेश ढुंगानालाई अतिरिक्तमा तानिएको छ ।

पछिल्लो समय सामान्य प्रशासनको किस्ताबन्दी सरुवा र मन्त्री तथा सचिवालयको ब्यवस्थापनबारे कर्मचारी वृत्तमा चर्को आलोचना हुँदै आएको छ ।

त्यतीमात्रै होइन, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत खटन पटनमासमेत व्यापक चलखेल भएको भन्दै केही जनप्रतिनिधीनै मन्त्रालयमा नै आएर ‘पैसा खाएर’ सरुवा गर्ने ? के हो पारा भन्दै केही कर्मचारीलाई थर्काएको पनि धेरै दिन भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस