गृहमन्त्रीलाई ओलीको जवाफ : एमसीसीमा हामी स्पष्ट छौँ, पहिला एमालेलाई न्याय दिनुहोस् « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

गृहमन्त्रीलाई ओलीको जवाफ : एमसीसीमा हामी स्पष्ट छौँ, पहिला एमालेलाई न्याय दिनुहोस्


११ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका छन् । एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न बुधवार बिहान बालकोट पुगेका खाँणलाई ओलीले सो सन्देश दिएका हुन् ।

‘गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो,’ एमाले अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण भेटवार्ताबारे बजगाईँले भने, ‘अध्यक्षज्युले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।’ ‘संसद्को सबैभन्दा ठुलो दल एमालेमाथि अन्याय भएको छ । कानुन सबै दललाई समानरुपमा लागू गर्नुपर्नेमा त्यो गरिएन । हामीलाई न्याय दिनोस्, अनि मात्र हामी एमसीसी प्रक्रियामा सहभागी हुन सक्छौँ,’ एमाले अध्यक्ष ओलीले गृहमन्त्री खाँणलाई भने ।

प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ । सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली काँग्रेस मात्र रहेको छ । बाँकी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् ।

एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बुधवार) गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकहाँ पठाएका हुन् । मंगलबार ओली आफै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस