कलाकार जयनन्द लामाको निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कलाकार जयनन्द लामाको निधन


११ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– २ खार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।
हिजो राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो ।

दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई परिवारका सदस्यले भेटेका थिए ।

उनले गाएका र सङ्गीत भरेका थुप्रै गीतहरू नेपाली संगीतबजारमा चर्चित छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।

उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरूमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरू चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी सो ‘नेपाल लोक स्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस