७ महिनामा २२ करोडको यार्सागुम्बा निर्यात « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

७ महिनामा २२ करोडको यार्सागुम्बा निर्यात


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । नेपालले चालू आर्थिक वर्षको सात महिनामा २२ करोड ८९ लाख रुपैयाँका यार्सागुम्बा निर्यात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि माघ महिनासम्ममा उक्त मूल्यको यार्सागुम्बा निर्यात भएको हो ।

विभागका अनुसार यो अवधिमा ३७७ किलो यार्सागुम्बा निर्यात भएको छ । यो अवधिमा नेपालबाट सबैभन्दा धेरै कम्बोडियामा १४ करोड ३२ लाख रुपैयाँ बराबरको २२८ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ ।

यसबाहेक, तीन करोड ४६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ भने रसियामा ६६ लाख ८४ हजार रुपैयाँको निर्यात भएको विभागले बताएको छ ।

यसबाहेक, सिंगापुर, थाइल्याण्ड, युक्रेन, अमेरिका र भियतनाममा समेत यार्सागुम्बा निर्यात हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस