सदनमा एमसीसी रोक्न माग गरिएका दुई रिट सर्वोच्च अदालतद्वारा दरपीठ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सदनमा एमसीसी रोक्न माग गरिएका दुई रिट सर्वोच्च अदालतद्वारा दरपीठ


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्धका दुई रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार (दरपिठ) गरेको छ ।

अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपाल एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै सर्वोच्चमा रिट लिएर गएका थिए ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालकाअनुसार यो विषय संसदमा प्रवेश गरिसकेकाले सर्वोच्च प्रशासनले यसलाई दरपीठ गरिदिएको हो ।

यसअघि पनि एमसीसीविरुद्ध अधिवक्ता भण्डारीलगायतको रिट दरपीठ भएको थियो ।

सम्बन्धित समाचार : एमसीसी अघि नबढाउन माग गर्दै सर्वोच्चमा रिट पेश

Tags :
प्रतिक्रिया दिनुहोस