जेब्रा झोलामा भेटिएको शव झापाका दिनेश सिग्देलको « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जेब्रा झोलामा भेटिएको शव झापाका दिनेश सिग्देलको


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । सुनसरीको धरान–४ मा बीभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ ।

शव झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको भएको खुलेको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।

प्रहरीका अनुसार सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । काठमाडौँबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरीले बताएको छ । त्यसैले पारिवारिक समस्या कारण उनको हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ ।

प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान जारी छ ।

गत साता धरान–भेडे टार सडक खण्डमा पर्ने जङ्गलमा जेब्रा झोलाभित्र टाउको र त्यसको भोलिपल्ट त्यही ठाउँमा शरीर भेटिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस