२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधिको मिलेमतोमा छिमेकीद्वारा दरै परिवारको जग्गा कब्जा

अ+ अ-

काठमाडौँ । स्थानीय जनप्रतिनिधिको मिलेमतोमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका एक दरै परिवारको जग्गा छिमेकीले कब्जा गरेका छन् ।

भारतमा रोजगारीका लागि गएका सल्यानटारका कृष्ण बहादुर दरै र उनको दुई जना भाइको जग्गा जनप्रतिनिधिको मिलेमतोमा कब्जा गरिएको खुलेको छ ।

सल्यानटार ३झ अन्तरगत ७ कित्ता ९ रोपनी ९ आना ३ दाम जग्गा २०७६ सालमा कृष्णबहादुरका ठुलोबाबुको छोरो मनबहादुर दरैले नक्कली कागज बनाएर जग्गा खाएपछि दरै परिवार बिचल्लीमा परेका छन् ।

मजदुरी गर्दै जीवन धानीरहेका कृष्णबहादुर परिवार गाउँ आउँदा आफ्नो जग्गा अरुले खाएको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयमा हिजो (आइतबार) उजुरी दिएका छन् ।

मनबहादुरले कृष्णबहादुर समेत २०४६ जेठ २६ गते देखि हराइरहेको र आफू नजिकैको हकदार भनेर किर्तेकागज बनाई बुढीगण्डकि जलविद्युतको मुआब्जा समेत खाएको कृष्णबहादुरले दिएको उजुरीमा उल्लेख गर्दै न्याय मागेको बताएका छन् ।

२०४६ मा बेपत्ता भएको भनिएका कृष्णबहादुरले २०५४ साउन १२ गते जिल्ला प्रशासन कार्यालय धादिङबाट नागरिकता बनाएको देखिन्छ ।

अर्को किर्ते कुरा समेत २०७६ सालमा बनाइएको कागजहरु जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ । २०७६ मा बनाइएको कागजमा कृष्णबहादुर हराएको बेलामा नजन्मिएका सपना दरै र भरखर जन्मिएका सुर्यबहादुर दरै साक्षी बसेको देखाइएको छ ।

तत्कालीन वडा सचिव नारायण थपलियाले तयार पारेको सर्जमिन मुचुल्कामा कार्यवाहक वडाध्यक्ष बनाइएका रामहरि गिरिले रोहबरमा हस्ताक्षर गरेका छन् ।

नेपाली काँग्रेसको टिकटबाट निर्वाचित त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भोजबहादुर रिजालले कृष्णबहादुर दरै समेत बेपत्ता भएकोले कृष्णबहादुरको आमाको नाममा रहेको जग्गा र सम्पत्ति मनबहादुरको नाममा नामसारी गरिदिन गाउँपालिका कार्यालय र मालपोत कार्यालयलाई सिफारिस समेत गरेका छन् ।

जिल्ला मालपोत कार्यालयले समेत कानुन विपरीत बेपत्ता भएका व्यक्तिको खोजी नगरी थप किर्ते कागज बनाएर जग्गा नामसरि गरिदिएको देखिन्छ । कोही मानिस बेपत्ता भयो भने देवानी संहिता २०७४ को दफा ४० बमोजिम जिल्ला अदालतले बेपत्ता घोषणा भएको प्रमाणित गर्नु पर्ने हुन्।

मालपोत कार्यालयले आफैले टिप्पणी उठाएर नामसारी गरेको देखिन्छ । जिल्ला मालपोत कार्यालयमा तत्कालीन अवस्थामा मालपोत अधिकृतको रुपमा कार्यरत पुरुषोत्तम भण्डारी धादिङबाट सरुवा भइसकेकाले टेलिफोनबाट सम्पर्क गर्न सकिएन ।

आफ्नो नाममा जग्गा आएपछि मनबहादुरले बुढीगण्डकी जलविद्युत आयोजनाबाट ६३ लाख ७५ हजार ५ सय ३९ रुपैयाँ मुआब्जा समेत लिएको देखिएको छ ।

कृष्णबहादुर दरै बेपत्ताको सम्बन्धमा वडाध्यक्ष भोजबहादुर रिजालले गाउँलेको मुचुल्का र मनबहादुरको निवेदनको आधारमा मालपोत कार्यालयलाई सिफारिस गरेको बताए ।

प्रतिक्रिया दिनुहोस