२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसिसीबारे अब वास्तविक छलफल सदनमा हुन्छ : वरिष्ठ नेता पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरशन (एमसिसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताएका छन् ।

सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसिसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहेका उनले एमसिसीबारे अब वास्तविकरुपमा सदनमा छलफल हुने प्रतिक्रिया दिए ।

पूर्व सभामुखसमेत रहेका पौडेलले भने, ‘एमसिसीबारे बाहिर सडकमा अफवाह र हल्ला मात्र फैलिएको छ, यो विषय संसद्मा प्रवेश पाएको छ, त्यसैले राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको छ ।’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग आज भएको छलफलपछि सञ्चारकर्मीसँग उनले जटिलरुपमा आइरहेको एमसिसी र देशको परिस्थितिबारे विभिन्न कोणबाट छलफल गरेको बताए ।

वरिष्ठ नेता पौडेलले भने, ‘एमसिसीका विषयमा कुरा गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र विकासको अवस्था के हुन्छ भन्ने पाटोबाट गहनसँग राम्रै कुरा गरेका छौँ । सैद्धान्तिकरुपमा हाम्रो बीचमा मतभेद केही देखिएन तर केही प्राविधिक विषय पनि छन् ।’

देशसँग जोडिएको महत्त्वपूर्ण विषय एमसिसीबारे संसद्मा प्रतिनिधित्वमा रहेका राजनीतिक दलका सबै नेतासँग आफूले कुराकानी अघि बढाएको बताउँदै उनले भने, ‘हाम्रो पुस्ता असफल पुस्तामा परिणत भई मुलुक सङ्कटतर्फ जाने हो कि भन्ने चिन्ता भएर नेतालाई भेटेको हुँ । देश सङ्कटतर्फ नजाओस् भन्नेमै मेरो चिन्ता छ ।’

अमेरिकाले नेपालको गरिबी अन्त्य गर्न तथा यहाँ उत्पादित विद्युत् बाह्य मुलुकमा निर्यातका लागि प्रसारण लाइन बनाइदिने प्रयोजनका लागि उपलब्ध गराउन लागेको सहयोगले मुलुकको आम्दानी बढ्ने, गरिबी हटाउन मद्दत पुग्ने एवं जनताले सुविधा प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस