८ दिनसम्म सडकमै थुप्रियो फोहोर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

८ दिनसम्म सडकमै थुप्रियो फोहोर


९ फाल्गुन २०७८, सोमबार


काठमाडौं । सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ । सात वर्ष अघिबाट सुरु भएको पासाङ ल्हामु सडक खण्डअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक नबनाएको भन्दै नौं दिनयता उपत्यकाको फोहोर सिसडोल लानबाट रोकेका छन् ।

स्थानीयको अवरोधले राजधानीलगायत उपत्यकासहित १८ स्थानीय तहको फोहोर विसर्जन हुन नसक्दा फोहोर बाटोमै थुप्रिएको छ ।

काठमाडौँ र ललितपुर महानगरक्षेत्रभित्रका सडक गल्ली पूर्ण रूपमा दूषित भएको छ । फोहोर विसर्जन गर्न नसकेपछि अस्पतालजन्य फोहोरसमेत जहाँको त्यहीँ थुप्रिएको छ ।

स्थानीय, काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनीका प्रतिधिनिबीच पटकपटक भएको वार्ता सफल हुन सकेको छैन । हिजो आइतबार साँझ अबेरसम्म भएको वार्ता पनि सफल हुन सकेन ।

कामपाका वातावरण व्यवस्थापन विभागका तर्फबाट खटिएका कर्मचारी रविन प्यासीले वार्ता जारी रहेको बताउँदै भने,– ‘ठेकदारले सडक निर्माणका लागि चैत ८ गतेसम्म म्याद राखे तापनि स्थानीयले विश्वास गर्न नसक्ने भन्दै तत्काल काम सुरु गर्न माग राखेका छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस