काठमाडौँ । सत्तारुढ नेकपामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विवाद र विरोधका बीच संसद्मा एमसीसी टेबल भएको बताएका छन् ।
आज (आइतबार) साँझ ट्विट गर्दै अध्यक्ष दाहालले सरकारले विवादबिच एमसीसी टेबल गरेको बताएका हुन् ।
दाहालले लेखेका छन्, हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।
विवाद र बिरोधका बीच सरकारले MCC टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले MCC का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।
— ☭ Comrade Prachanda (@cmprachanda) February 20, 2022
MCC टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
उनले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने प्रस्ट रहेको पनि जनाएका छन् । एमसीसीको विपक्षमा उभिने सम्बन्धीमा पार्टी र संसदीय दलले पहिलै नै स्पष्ट रहेको उनले बताए ।
यस्तै,अध्यक्ष दाहालले एमसीसी टेबल गर्नु हुँदैन भन्दै प्रहरीले गरेको दमनको विरोध गरेका छन् । उनले एमसीसीको विपक्षमा प्रदर्शन गर्दा घाइेतहरूको स्वास्थ्य लाभको पनि कामना गरे ।