पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना सङ्क्रमण, ४ जनाको मृत्यु


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता मिश्राका अनुसार आइतबार थप २६२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ९ हजार ८१५ जनाको कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

६ हजार ५७२ जनाको पिसिआर परीक्षण गर्दा २२९ जनामा र ३ हजार २४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यसको सङ्क्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। हाल देशभर १२ हजार २ ४४ जना सक्रिय सङ्क्रमित छन्।

यस्तै, काठमाडौँमा ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

जसमध्ये भक्तपुरमा १, ललितपुरमा १२ र काठमाडौँमा ८० गरी ९३ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस