पोखरामा भारी असिना पानी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पोखरामा भारी असिना पानी


८ फाल्गुन २०७८, आइतबार


कास्की । पोखरामा आज (आइतबार) दिउँसो असिना पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रभावका कारण विना बादलको असिना पानी परेको हो ।

असिनाका कारण सडक जाम भएको छ भने पोखरा विमानस्थलसमेत बन्द छ । असिनाका कारण बाटो बन्द भएकोले इन्द्रचोक, महेद्रपुललगायत क्षेत्रमा असिना हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आज बिहान विभागले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस