मन्त्री भुसालसमक्ष प्रतिवेदन पेस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्री भुसालसमक्ष प्रतिवेदन पेस


८ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । विद्युत् नियमन आयोगका अध्यक्ष तथा सदस्यको कार्यक्षमताका विषयमा छानबिन गर्न गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई प्रतिवेदन बुझाएको छ ।

आयोगका अध्यक्ष र सदस्यको कार्यक्षमता अभावका कारण आफ्नो काम, कर्तव्य, अधिकार र जिम्मेवारी बहन गर्न नसकेको विषयमा उच्च अदालतका पूर्वमुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा विद्युत् नियमन आयोग २०७४ को दफा ९ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको बैठकले २०७८ पुस ८ गते सो समिति गठन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस