कार्यव्यवस्था परामर्श समितिको बैठक जारी , एमाले अनुपस्थित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी , एमाले अनुपस्थित


८ फाल्गुन २०७८, आइतबार


काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बैठक जारी छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा अनुपस्थित छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको संसद् बैठकको कार्यसूची तय गर्ने छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसीसी अनुमोदनको प्रस्ताव संसद् बैठकमा पेस गर्ने सहमति जनाएको थियो ।

यसअघिका बैठकमा दलीय सहमति नभएको भन्दै सभामुख अग्नि सापकोटाले एमसीसीलाई कार्यसूचीमा राखेका थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस